म्यान्मामा सेनाले गर्‍यो हवाई हमला, ३३ जनाको मृत्यु, ३६ घाइते « Khabarhub

म्यान्मामा सेनाले गर्‍यो हवाई हमला, ३३ जनाको मृत्यु, ३६ घाइते


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

म्यान्मा । पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई आक्रमणमा ३३ जनाको मृत्यु र ३६ जना घाइते भएको उक्त क्षेत्रमा प्रभाव रहेको विद्रोही समूह अराकान आर्मीले जनाएको छ।

समूहले जारी गरेको विज्ञप्तिमा राखाइन राज्यको क्याउकट सहरको एक बजार र छेउको पुलमा सोमबार मध्याह्नतिर भएको आक्रमणमा कैयौँ घाइते भएका र कतिपय घाइतेको अवस्था चिन्ताजनक रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने उल्लेख छ।

असुरक्षा कारण देखाउँदै नाम नखुलाउन अनुरोध गर्ने एक प्रत्यक्षदर्शीले सोमबार अपराह्न घटनास्थलमा ३० भन्दा बढी मृत शरीर आफूले देखेको बताएका छन्।

बाक्लो धुँवा उडिरहेको घटनास्थलको भग्नावशेष र खाल्डा परेका सडकहरूबिच मानव अवशेष देखिन्थे।

सन् २०२१ को सैन्य कुबाट सुरु भएको म्यान्माको गृहयुद्धमा पश्चिमी राज्य राखाइनमा सबैभन्दा भयानक अवस्थाहरू देखिएका छन्।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ९ : ४५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्