जेनजीबाट धम्की आएको दाबीबारे मिराज ढुङ्गानाले मागे गृहमन्त्रीसँग जवाफ « Khabarhub

जेनजीबाट धम्की आएको दाबीबारे मिराज ढुङ्गानाले मागे गृहमन्त्रीसँग जवाफ


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी युवाबाट सुरक्षा धम्की आएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जेनजी अगुवा मिराज ढुङ्गानाले सरकारसँग स्पष्ट जवाफ मागेका छन् ।

ढुङ्गानाले सोमबार गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र पठाउँदै जबरालाई धम्की आएको भनिएको विषयको वास्तविकता, स्रोत तथा अनुसन्धानको कानुनी प्रक्रियाबारे तथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले ‘जेनजी’ कुनै व्यक्ति, समूह वा गिरोह नभई निश्चित उमेर समूहलाई जनाउने शब्द भएको उल्लेख गर्दै सम्पूर्ण पुस्तालाई एउटै घटनासँग जोडेर हेर्न नहुने बताएका छन् ।

ज्ञापनपत्रमा ढुङ्गानाले जबरालाई वास्तवमै धम्की आएको हो वा होइन, धम्कीको आधिकारिक स्रोत तथा प्रकृति के हो र त्यसलाई जेनजीबाट आएको भनेर पहिचान गर्ने आधार के हो भन्नेबारे गृह मन्त्रालयसँग स्पष्ट जानकारी मागेका छन् ।

त्यस्तै, प्रहरीले यस विषयमा गरेको अनुसन्धानको निष्कर्ष, धम्की दिने व्यक्ति वा समूहविरुद्ध कुनै कानुनी प्रक्रिया अघि बढाइएको भए त्यसको आधार तथा सम्पूर्ण जेनजी पुस्तालाई शंकाको घेरामा पार्ने अवस्थाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न उनले माग गरेका छन् ।

कुनै घटनाको अनुसन्धान र आधिकारिक निष्कर्ष सार्वजनिक हुनुअघि त्यसलाई कुनै पुस्ता वा समुदायसँग जोड्दा अनावश्यक भ्रम र अविश्वास सिर्जना हुने ढुङ्गानाको भनाइ छ ।

उनले नागरिकको व्यक्तिगत स्वतन्त्रता तथा कानुनी शासनको अधिकार सुनिश्चित गर्न घटनाबारे तथ्यमा आधारित आधिकारिक धारणा यथाशीघ्र सार्वजनिक गर्न गृहमन्त्री गुरुङसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १० : ०७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्