जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए « Khabarhub

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका १० जना सकुशल सम्पर्कमा आएका छन् ।

सिमकोट गाउँपालिका–२ ठेहेगाउँका उनीहरू भदौ २८ गते जडीबुटी सङ्कलनका लागि खार्पुनाथ गाउँपालिका–५ र चङ्खेली गाउँपालिका–४ को सीमामा पर्ने लुर्पेखोला जङ्गलतर्फ गएका थिए । असोज ८ गतेदेखि परिवारसँग सम्पर्क हुन नसकेपछि यसबारे आफन्तले प्रशासनलाई जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार सोमबार दशै जना सकुशल सम्पर्कमा आएका बताइ, सम्पर्कमा आउनेमा धनमान सिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोरसिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १० : २७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्