जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए « Khabarhub

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका १० जना सकुशल सम्पर्कमा आएका छन् ।

सिमकोट गाउँपालिका–२ ठेहेगाउँका उनीहरू भदौ २८ गते जडीबुटी सङ्कलनका लागि खार्पुनाथ गाउँपालिका–५ र चङ्खेली गाउँपालिका–४ को सीमामा पर्ने लुर्पेखोला जङ्गलतर्फ गएका थिए । असोज ८ गतेदेखि परिवारसँग सम्पर्क हुन नसकेपछि यसबारे आफन्तले प्रशासनलाई जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार सोमबार दशै जना सकुशल सम्पर्कमा आएका बताइ, सम्पर्कमा आउनेमा धनमान सिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोरसिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १० : २७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म