निर्माण गरेको दुई वर्षमै पुल जोखिममा « Khabarhub

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने ग्याङ नदीमाथि निर्माण गरिएको पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै जोखिममा परेको छ । पश्चिमतर्फको उत्तरी भागमा रहेको पहुँच सडक भासिन थालेपछि पुलको संरचनामै क्षति पुग्ने जोखिम बढेको बढैयाताल गाउँपालिका–९, का वडाध्यक्ष वीरबहादुर थारुले बताए। करिब रु आठ करोडको लागतमा निर्माण सम्पन्न भएको पुल जोखिममा परेपछि लामो समयदेखि पुलको सुविधा पर्खिरहेका मुक्त कमैया बस्तीका बासिन्दा चिन्तित बनेका छन् । विकास नगर मुक्त कमैया बस्तीका स्थानीय जयकृष्ण थारुले निर्माण कम्पनीको लापरबाहीका कारण पुल निर्माण भएको दुई वर्ष नपुग्दै एकातर्फको पहुँच सडक भासिन थालेको बताए ।

“अहिलेसम्म टालटुल गरेर मर्मत गरिँदै आएको छ,” उनले भने, “तर, समस्या समाधान हुन सकेको छैन ।” पहुँच सडक तत्काल भत्काएर पुनःनिर्माण तथा मर्मत गर्नुपर्ने थारुले सुझाव दिए । पुरानो पुल भत्किएको करिब एक दशकपछि नयाँ पुल निर्माण सम्पन्न भएपछि मुक्त कमैया बस्तीका स्थानीयले सहज आवागमन हुने अपेक्षा गरेका थिए । लामो समयसम्म पुल नहुँदा वर्षायाममा ग्याङ नदी तर्न तथा आवतजावत गर्न स्थानीयले ठूलो सास्ती भोग्दै आएका थिए । नयाँ पुल बनेपछि आवागमन सहज हुने आशा गरेका स्थानीय अहिले निर्माण सम्पन्न भएको छोटो समयमै पुल जोखिममा परेपछि निराश बनेका स्थानीय बजारु थारुले बताए ।

सडक पूर्वाधार विकास कार्यालयका सव इन्जिनियर एवं सूचना अधिकारी प्रकाश थारुका अनुसार पुलको पहुँच सडक भासिन थालेपछि जोखिम बढेको हो । उनले भने, “पुल तत्काल मर्मतका लागि करिब रु ५० लाख बजेट आवश्यक पर्छ । समयमै मर्मत नभए पहुँच सडक भासिएर पुलको संरचनामा अत्यधिक क्षति पुग्ने अवस्था छ ।” पुलको पहुँच सडकमा गत वर्ष पनि निर्माण कम्पनीले सामान्य मर्मत गरेको थियो । तर समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन । पहुँच सडकमा क्षति पुगेपछि सवारीसाधनको आवतजावतमा समेत समस्या भएको छ । हाल सामान्य मर्मतपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको भए पनि नदीको बहाव बढ्दा थप क्षति हुन सक्ने जोखिम रहेको सडक पूर्वाधार विकास कार्यालय, बर्दियाले जनाएको छ । उक्त पुलले बढैयाताल–८, पञ्चबजारदेखि जनतानगर, शक्तिनगर हुँदै बारबर्दियाको बैदी जोड्ने मुख्य सडकअन्तर्गत ग्याङ नदीमा निर्माण गरिएको हो । उक्त पुल २०८१ कात्तिकमा निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १० : ३० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्