यूएईको गोप्य भ्रमणमा नेतान्याहू « Khabarhub

यूएईको गोप्य भ्रमणमा नेतान्याहू


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेटवार्ता गरेको सीएनएनले जनाएको छ ।

एक इजरायली स्रोतलाई उद्धृत गर्दै सीएनएनले दुई नेताबीचको छलफल मुख्य रूपमा इरानसँग सम्बन्धित क्षेत्रीय सुरक्षा चिन्तामा केन्द्रित रहेको जनाएको हो । यद्यपि, समाचार तयार पार्दासम्म नेतान्याहूको कार्यालय वा यूएई नेतृत्वले भ्रमणको पुष्टि गरेका छैनन् ।

यसअघि पनि नेतान्याहूले यूएईको गोप्य भ्रमण गरेको रिपोर्ट सार्वजनिक भएको थियो । त्यतिबेला यूएईले घोषणा नगरिएको भ्रमणसम्बन्धी दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेको थियो ।

पछिल्लो भ्रमण पश्चिम एसियामा तनाव जारी रहेका बेला भएको बताइएको छ । हालै संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेतान्याहूले इरानको वर्तमान शासन पतन हुने दाबी गरेका थिए । उनले इरानविरुद्ध इजरायलले गरेको सैन्य कारबाही आफ्नो सुरक्षाका लागि आवश्यक भएको बताएका थिए ।

यसैबीच इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यूएईसहित कुनै पनि क्षेत्रीय देशसँग इरानको समस्या नरहेको बताएका छन् । उनले अमेरिकी सैन्य अड्डाबाट इरानमाथि आक्रमण भइरहेको भन्दै त्यस्ता अड्डाको उपस्थितिप्रति आपत्ति जनाएका छन्।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १० : ५२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म