ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा « Khabarhub

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमनलाई व्यवस्थित बनाउने तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले गरिएको निगरानी र जाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो ।

उनका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ जना, सिसीटिभी क्यामेराको निगरानीबाट पहिचान भएका ४० तथा ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ३४ जना रहेका छन् ।

त्यसैगरी, तीव्रगतिमा सवारी चलाउने १०३, निषेधित क्षेत्रमा हर्न बजाउने नौ, सवारीसाधनको अवस्था ठीक नभएका आठ, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।

कारबाहीमा परेका चालकलाई सवारी तथा यातायात व्यवस्थासम्बन्धी प्रचलित ऐन कानुनअनुसार जरिवानासहित आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रवक्ता सुवेदीले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्नुको मुख्य उद्देश्य जरिवाना असुल गर्नु नभई सडक दुर्घटना न्यूनीकरण गर्नु तथा नागरिकको सुरक्षित यात्रालाई सुनिश्चित गर्नु रहेको बताए ।

विशेषगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्रगतिमा सवारी हाँक्ने, ट्राफिक सङ्केतको बेवास्ता गर्ने तथा जथाभावी सवारी चलाउने प्रवृत्तिले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी र जाँचलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले उपत्यकाका मुख्य सडक, चोक, चौराहा तथा सवारीसाधनको बढी चाप हुने क्षेत्रमा नियमित जाँच गर्नुका साथै सिसीटिभी क्यामेरामार्फत पनि सवारी नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ । सडकमा सवारीचालकको लापरवाहीका कारण चालक स्वयं, यात्रु तथा पैदलयात्रुसमेत जोखिममा पर्ने भएकाले सबैले ट्राफिक नियमको अनिवार्य पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक अनुशासन कायम राख्न, सवारी दुर्घटना न्यूनीकरण गर्न तथा सुरक्षित यातायात प्रणालीको विकास गर्न नियमित निगरानी, जाँच र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

साथै, ट्राफिक प्रहरीले सवारी चलाउँदा तोकिएको गति कायम गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक सङ्केतको पालना गर्न तथा पैदलयात्रुको सुरक्षामा विशेष ध्यान दिन सम्पूर्ण सवारीचालकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १० : १२ बजे

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको