धान ‘जोन’मा उत्पादन बढ्यो « Khabarhub

धान ‘जोन’मा उत्पादन बढ्यो


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष पाँच हजार मेट्रिक टनले धान उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ भरतपुरका सूचना अधिकारी सौरज विश्वकर्माका अनुसार गत वर्षको तुलनामा धान जोनमा धानको उत्पादन बढ्ने देखिएको हो ।

उनका अनुसार गत वर्ष जिल्लामा रहेको धान जोनको क्षेत्रफल आठ हजार ५०० हेक्टरमा ४५ हजार मेट्रिक टन उत्पादन भएको थियो । अहिले यो उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको उनको भनाइ छ । उनले भने, ‘धान जोनमा उत्पादन बढेको छ । क्रपकटिङ गर्दा उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने हामीले अनुमान गरेका छौँ ।’

जिल्लामा धान जोनका रूपमा पूर्वी चितवनका तीनवटा पालिकालाई लिइँदै आइएको छ । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकालाई धान जोनका रूपमा राखिएको छ । जहाँ हर्दिनाथ, सावा मन्सुली, झुरे सावा, गोरखनाथ, राधाचार, सावित्रीलगायतका धानका जातका बीउ लगाइएको छ ।

धान जोनअन्तर्गत जिल्लाको खैरहनी नगरपालिका–५ देखि ७ र ९ देखि १३, राप्ती नगरपालिकाको वडा नं १ देखि ४ र ६ एवं रत्ननगर नगरपालिकाको वडा नं ३ देखि ९ सम्मको धानखेती हुने क्षेत्रफललाई राखिएको छ ।

जोनमा कृषि समूह, फार्महरू सहभागी भएका छन् । जिल्लाको उत्पादनको तथ्याङ्क आउन बाँकी रहेको छ । समग्र जिल्लाको उत्पादनको विषयमा अहिले क्रपकटिङ भइरहेको कृषि विकास कार्यालय चितवनका कृषि अर्थविज्ञ निर्मल पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १० : १६ बजे

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप