अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला « Khabarhub

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफईसी) को विद्युतीय फाइलिङ प्रणालीमा साइबर हमला भएको छ ।

रोयटर्सका अनुसार ह्याकरहरूले प्रणालीमा अवरोध पुर्‍याउँदा राजनीतिक दल तथा समितिहरूलाई चुनावी खर्चको अनिवार्य विवरण बुझाउन समस्या भएको छ ।

आयोगले प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको छ । सूचना प्रविधिसम्बन्धी कर्मचारीहरू सेवा पुनः सञ्चालन गर्न प्रयासरत छन् । यस अवरोधका कारण २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने चुनावी खर्च विवरण दर्ता गर्न कठिनाइ भएको छ । यद्यपि, यसअघि दर्ता गरिएका विवरण भने आयोगको वेबसाइटमा हेर्न सकिनेछ ।

एफईसीले उम्मेदवार तथा राजनीतिक समितिहरूको चुनावी खर्चको अभिलेख राख्ने जिम्मेवारी निर्वाह गर्छ । तर, उसले निर्वाचन सञ्चालन गर्दैन । त्यसैले यो घटनाले मतदाताको मतदान गर्ने क्षमतामा प्रत्यक्ष असर पार्ने अपेक्षा गरिएको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले कङ्ग्रेसमा आफ्नो बहुमत कायम राख्न सक्छ वा सक्दैन भन्ने निर्धारण गर्ने निर्वाचनको पूर्वसन्ध्यामा यो साइबर घटना भएको हो ।

ट्रम्पले निर्वाचन निष्पक्ष भए त्यसको परिणाम स्वीकार गर्ने बताउँदै आवश्यक परे राष्ट्रपतीय निषेधाधिकार प्रयोग गर्न सक्ने उल्लेख गरेका छन् । उनले मतदाता ठगीसम्बन्धी सूचना दिएर दोषीलाई पक्राउ तथा सजाय दिलाउन सहयोग गर्नेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गरेका थिए ।

यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका करिब एकतिहाइ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । सीबीएस न्युजले सार्वजनिक गरेको सर्वेक्षणअनुसार डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा २२९ सिट जित्न सक्ने अनुमान गरिएको छ ।

अक्टोबर २१ देखि २३ सम्म दुई हजार ३५५ अमेरिकी वयस्कबीच गरिएको उक्त सर्वेक्षणमा मुद्रास्फीति, बढ्दो मूल्य र आर्थिक चिन्ता मतदाताका प्रमुख मुद्दाका रूपमा देखिएका छन् । 

सर्वेक्षणले डेमोक्रेटिक मतदातामा मतदानप्रतिको प्रतिबद्धता बढी देखिएको उल्लेख गर्दै मतदाताको सहभागिताले निर्वाचन परिणाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सङ्केत गरेको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १२ : २३ बजे

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र