तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो « Khabarhub

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र बाँसबाट बनेका सामग्रीको कारोबार बढेको छ । चाडपर्वमा पूजाआजाका लागि यस्ता सामग्री अनिवार्य मानिने भएकाले माग बढेको हो ।

तिहारमा प्रयोग हुने माटोका दियो, कलश र घैँटासहित छठमा आवश्यक बाँसका कोनिया, नाङ्लो र ढाकीको बिक्री बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले बताइन्।

एक दशकदेखि बाँसका सामग्रीको व्यापार गर्दै आएकी साहका अनुसार अन्य समयमा दैनिक करिब एक हजार रुपैयाँको कारोबार हुने गरेकामा दसैँदेखि तिहारसम्म दोब्बर हुने गरेको छ । अन्य समयमा विवाह, व्रतबन्ध र पूजाआजाजस्ता अवसरमा मात्र यस्ता सामग्रीको माग हुने गरेको उनले बताइन्।

राजविराज नगरपालिका–२ की ममता झाले मधेसका चाडपर्व र पूजाआजामा माटोका भाँडा तथा बाँसका सामग्रीको विशेष महत्त्व रहेकाले तिहार र छठमा तिनको खरिद अनिवार्यजस्तै हुने बताइन्।

राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले जिल्लाका विभिन्न पालिकामा बसोबास गर्ने कुमाल समुदायले बनाएका माटाका सामग्री र मरिक (डोम) समुदायले निर्माण गरेका बाँसका सामग्री स्थानीय बजारमै बिक्री हुनु सकारात्मक भएको बताए। यसले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै जिल्लाभित्रै आर्थिक कारोबार बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

स्थानीयस्तरमै उत्पादित माटो र बाँसका सामग्रीको खरिदबिक्री हुने भएकाले यस्ता सामग्रीका लागि अन्य जिल्लामा निर्भर हुनुपर्ने अवस्था नरहेको नगरप्रमुख परविनले बताए।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १२ : ५० बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि