भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै « Khabarhub

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा भएको नोक्सानीको मूल्याङ्कन भइरहेको जनाएको छ ।  

सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले भोटेकोशी बाढीका कारण भएको नोक्सानीको ४–५ वटा शीर्षकमा वर्गीकरण गरेर मूल्याङ्कन भइरहेको जानकारी दिए ।

बाढीका कारण बालीनालीको नोक्सानीको मूल्याङ्कन राष्ट्रिय योजना आयोगकै प्रतिवेदनमा समेटिने उनले बताए । त्यस्तै उनले पशुपन्छीको क्षेत्रमा भएका नोक्सानीका बारे किसान सूचीकरणको तथ्यांकका आधार र व्यावसायिक फार्महरूको नोक्सानीको विवरणका आधारमा मूल्याङ्कन भइरहेको उल्लेख गरे ।

जग्गाको नोक्सानीका क्षेत्रमा हजारौँ वर्षदेखि खेती गरिँदै आएको र उत्पादकत्वको आधारमा जग्गाको क्षति मूल्याङ्कन गर्ने पद्धति अपनाएको उनको भनाइ छ । उनले सबै क्षेत्रका अन्तिम तथ्यांक समितिमा छिटै उपलब्ध गराइने धारणा राखे । 

कालीगण्डकी बाढीपछिको नोक्सानीको मूल्याङ्कनको काममा भने केही ढिलाइ भएको सचिव मिश्रले बताए ।

समिति सभापति कृष्णप्रसाद पौडेलले बाढी प्रभावित विभिन्न स्थानीय तहका ४९ वटा वडाको फरक–फरक क्षतिका वास्तविक तथ्यांक प्रमाणीकरण गरेर उपलब्ध गराउन आग्रह गरे । सबै तथ्याङ्क आएपछि मात्रै समितिले स्थलगत निरीक्षण गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १ : ०९ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि