तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता « Khabarhub

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने र तिहारसम्म सुरक्षित राख्ने चटारो बढेको छ । तिहार आउनुअघि नै फूल फुलेपछि गुणस्तर कायम राख्न किसानले फूल टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन् ।

वर्षाका कारण फूल बिग्रिने जोखिम रहेकाले किसानले फूल टिप्ने, माला उन्ने र भण्डारण गर्ने कामलाई तीव्रता दिएका छन् । तिहार आउन झन्डै दुई हप्ता बाँकी रहँदा फूल सुरक्षित राख्नुपर्ने बाध्यता रहेको बुद्धशान्ति–३ स्थित कृषि कम्पासका व्यवस्थापक विनोद रिजालले बताए।

‘तीन–तीन दिनमा फूल टिपिन्छ,’ रिजालले भने, ‘टिपेको फूल सुरक्षित राख्न बिर्तामोडस्थित रोयल कोल्डस्टोरमा पुर्‍याउन थालेका छौँ ।’ फूल भण्डारणका लागि छुट्टै कोल्डस्टोर नहुँदा उपलब्ध सुविधामै निर्भर हुनुपरेको उनले बताए।

अर्जुनधारा–१० स्थित मिश्र कृषि फार्मका आयुष मिश्रले पनि वर्षाका कारण फूल बिग्रिने जोखिम रहेकाले टिपेर भण्डारण गर्नुपरेको बताए। पानी परेपछि फूल कालो हुने र गुणस्तरमा असर पर्ने भएकाले फूल टिपेर माला उन्ने र कोल्डस्टोरमा राख्ने गरिएको उनले जानकारी दिए ।

यस वर्ष झापामा कनकाईमाईपूर्व मात्रै १६ बिघाभन्दा बढी जमिनमा सयपत्री फूलखेती गरिएको छ । बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा किसान तथा विभिन्न समूहले तिहारलाई लक्षित गरी व्यावसायिक रूपमा फूल उत्पादन गरिरहेका छन् ।

स्वदेशी फूलको बजार सुनिश्चित गर्न माग

फूल सुरक्षित राख्ने चुनौतीसँगै उत्पादित फूलले उचित बजार पाउने विषयले पनि किसानलाई चिन्तित बनाएको छ । भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने र लगानी खेर जाने अवस्था आउन सक्ने किसानको गुनासो छ ।

बिर्तामोडकी कृषक शुष्मा पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मंगलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको छ ।

किसानले स्थानीय बजारमा स्वदेशी सयपत्री फूललाई प्राथमिकता दिन र भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १ : १२ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि