भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी « Khabarhub

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी दोहोर्‍याएका छन् ।

आफूले समाधान गरेको दाबी गरेका आठ युद्धमध्ये पाँचवटा व्यापारिक दबाबका माध्यमबाट अन्त्य भएको उनको भनाइ छ ।

टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित चुनावी सभामा ट्रम्पले भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई युद्ध जारी राखे अमेरिकासँग व्यापार गर्न नदिने चेतावनी दिएको बताएका हुन् । उक्त चेतावनीपछि दुवै देशबीच युद्धविराम भएको उनको दाबी छ ।

ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफूले कम्तीमा तीन करोड मानिसको ज्यान बचाएको बताएका थिए । यद्यपि, द्वन्द्व अन्त्य गर्न ट्रम्पले दाबी गरेअनुसार व्यापारिक दबाब निर्णायक बनेको पुष्टि हुने स्वतन्त्र प्रमाण प्रस्तुत गरिएको छैन ।

भारतले भने द्वन्द्व अन्त्य गर्न बाह्य मध्यस्थता भएको दाबी अस्वीकार गर्दै आएको छ । भारतका अनुसार पाकिस्तानका सैन्य कारबाहीका महानिर्देशकले आफ्ना भारतीय समकक्षीसँग सम्पर्क गरी युद्धविरामको आग्रह गरेपछि द्वन्द्व रोकिएको थियो ।

पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी हमलापछि भारतले मे ७ मा ‘अपरेसन सिन्दूर’ सुरु गरेको थियो । भारतले उक्त अभियान मे १० मा रोकेको थियो ।

ट्रम्पले आफूले आठवटा युद्ध समाधान गरेको दाबी गर्दै नोबेल शान्ति पुरस्कारको हकदार रहेको बताउँदै आएका छन् ।

नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नवी पिल्लेलाई दिने घोषणा गरेपछि ट्रम्पले पुरस्कार छनोटको आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ४ : ४५ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी