स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी « Khabarhub

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको आरोप लगाएका छन् । 

बुधबार रिपोटर्स क्लवले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता पोखरेलले रास्वपा र सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाउँदै अर्थमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको आरोप लगाएका हुन् ।

उनले भारतसँगको सीमा समस्या, डुबान र असमान सन्धिको विषयमा आवाज उठाउँदा भारत विरोधी भनिन्छ भने आफू हजार पटक भारत विरोधी बन्न तयार रहेको तर्क गरे । 

उनले आफू भारत विरोधी नभई पञ्चशील र असंलग्न परराष्ट्र नीतिका आधारमा भारत, चीन, अमेरिका र अन्य मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध हुनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे । 

उनले सरकारको समग्र कार्यशैलीमाथि प्रश्न उठाउँदै राजदूत सिफारिसमा विवादास्पद व्यक्तिहरूलाई अघि सारिएको र नागरिकता विवादमा परेकी व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा सिफारिस गरेर गलत कदम चालिएको बताए । 

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ५ : ०६ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको