लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे « Khabarhub

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमन २४ प्रतिशतले बढेको छ ।

लुम्बिनी केबलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको २३औँ वार्षिक साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको सङ्ख्या २४ प्रतिशतले वृद्धि भएको जानकारी दिएका हुन् ।

उनका अनुसार केबलकारमा यात्रा गर्ने कुल पर्यटकमध्ये भारतीय पर्यटकको हिस्सा २९ प्रतिशत रहेको छ । भारतीय पर्यटकलाई आकर्षित गर्न कम्पनीले विभिन्न प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिएको ढकालले बताए ।

यसैबीच, केबलकारको टप स्टेसन वसन्तपुरमा पाँचतारे स्तरको क्यासिनोसहितको होटल निर्माण प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ ।

विश्व भूराजनीतिक परिस्थितिमा आएको उतारचढाव र बजार मूल्यवृद्धिका बाबजुद खर्च नियन्त्रण तथा मितव्ययिता कायम गर्दै कम्पनीले आगामी केबलकार आयोजनाका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत योगदान पुर्‍याइरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ६ : ०१ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको