काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमन २४ प्रतिशतले बढेको छ ।
लुम्बिनी केबलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको २३औँ वार्षिक साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको सङ्ख्या २४ प्रतिशतले वृद्धि भएको जानकारी दिएका हुन् ।
उनका अनुसार केबलकारमा यात्रा गर्ने कुल पर्यटकमध्ये भारतीय पर्यटकको हिस्सा २९ प्रतिशत रहेको छ । भारतीय पर्यटकलाई आकर्षित गर्न कम्पनीले विभिन्न प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिएको ढकालले बताए ।
यसैबीच, केबलकारको टप स्टेसन वसन्तपुरमा पाँचतारे स्तरको क्यासिनोसहितको होटल निर्माण प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ ।
विश्व भूराजनीतिक परिस्थितिमा आएको उतारचढाव र बजार मूल्यवृद्धिका बाबजुद खर्च नियन्त्रण तथा मितव्ययिता कायम गर्दै कम्पनीले आगामी केबलकार आयोजनाका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत योगदान पुर्याइरहेको जनाएको छ ।














प्रतिक्रिया