भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान « Khabarhub

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन प्राप्त भएको छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माणकार्यलाई तीव्रता दिने उद्देश्यले माग गरिएको उक्त मेसिन सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाले बुझेको छ ।

तातोपानी नाकामा बुधवार आयोजित हस्तान्तरण कार्यक्रममा मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चीन सरकारका प्रतिनिधिमण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरी अनुदानमा प्राप्त स्काभेटर मेसिन बझेको गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर)ले जानकारी दिए ।

गाउँपालिकाले स्थानीयस्तरमा सडक निर्माण, सडक स्तरोन्नति तथा अन्य भौतिक पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन चीन सरकारसमक्ष ब्रेकरसहित स्काभेटर मेसिन उपलब्ध गराइदिन अनुरोध गरेको थियो । प्राप्त अनुदानले गाउँपालिकाको विकास निर्माणलाई थप गति दिन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष हाङ्गामले बताए ।

भौगोलिक रूपमा विकट क्षेत्र समेटिएको मेरिङदेन गाउँपालिकामा आवश्यक निर्माण उपकरण उपलब्ध हुँदा सडक निर्माण तथा मर्मतसम्भारका कामलाई सहज बनाउन टेवा पुग्ने गाउँपालिकाले जनाएको छ ।

करिब एक करोड ७० लाख रुपैयाँ बराबरको मेसिन सहयोगका लागि गाउँपालिकाले चीन सरकारप्रति आभार तथा धन्यवाद व्यक्त गरेको छ । साथै यसका लागि आवश्यक समन्वय तथा सहजीकरणमा विशेष भूमिका निर्वाह गरेकोप्रति फक्ताङ्लुङ गाउँपालिका–७ का वडा अध्यक्ष छेतेन शेर्पाप्रति पनि गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ९ : ४८ बजे

हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

काठमाडौँ– कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका

बाढी र पहिरोका कारण गोरखा र कालिकोटका दुई सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण गोरखा र कालिकोटका दुई सडक

डलरको भाउ घट्यो, युरो र पाउन्डको कति ? (सूचिसहित)

काठमाडौं–  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

काठमाडौँ–  निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको

आजको मौसम : कोशी, मधेस र बागमतीसहितका प्रदेशमा आंशिक बदली हुने

काठमाडौँ– हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव