काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने « Khabarhub

काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको काठमाडौँ उपत्यकाको बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा आजदेखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ ।

प्राधिकरणले काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनामार्फत वितरण प्रणाली भूमिगत गर्ने क्रममा केबल चार्ज, स्ट्रक्चर फिटिङ तथा जडानसम्बन्धी प्राविधिक कार्य गर्नुपर्ने भएकाले उक्त क्षेत्रका फिडरहरूबाट बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द गरिने जनाएको छ ।

प्राधिकरणका अनुसार शनिबार आलोकनगर मार्ग, नापी विभाग एरिया र आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । मंसिर १३ गते शंखमूल मार्ग, एभरेष्ट हस्पिटल र मुक्ति टावर क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

यस्तै, मंसिर १४ गते अल्फाबिटा, बुद्धनगर, विजुली बजार एरिया र मंसिर १५ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ वडा कार्यालय एरिया, तीनकुने तरकारी बजार क्षेत्रमा विद्युत अवरुद्ध हुने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ७ : ३७ बजे

काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको काठमाडौँ उपत्यकाको बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै

काभ्रे– काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ

ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न संयुक्त पहल

भोजपुर– भोजपुरको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च

सुर्खेत- कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई

स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी

हुम्ला– हुम्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट किसानले आठ करोड