काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टेस्ट राष्ट्रको फ्रेन्चाइज लिगको च्याम्पियन ट्रफी पाउँदा खुशी लागेको बताएका छन् ।
बिपीएर च्याम्पियन बनेर नेपाली टिममा फर्किएका सन्दीपले भने, ‘लामो समयपछि टेस्ट राष्ट्रको फ्रेन्चाइज लिगमा फर्कंदा खुसी थिएँ । उपाधि जित्नु अझ विशेष रह्यो ।’ उनले आफूले कम अवसर पाए पनि अवसर पाउँदा महत्त्वपूर्ण योगदान दिएको बताएका छन् ।
बिपीएलमा सन्दीपको टिमले फाइनलमा चटगाउँ रोयल्सलाई ६३ रनले हराउँदै उपाधि उचालेको हो । सुरुमा ब्याट्रिङ गरेको राजशी वारियर्सले १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको चटगाउँ रोयल्स १११ रनमा समेटिएको थियो ।
चार खेलमा प्लेइङ ११ मा परेका सन्दीपले ११५ रन खर्चिएर पाँच विकेट हात पारे। सुरुवातका खेलमा पहिलो रोजाइमा परेका सन्दीप पछिल्ला खेलमा प्लेइङ ११ मा पर्न सकेका थिएनन्।













प्रतिक्रिया