२४ घण्टामा देशभर विपदका २० घटना « Khabarhub

२४ घण्टामा देशभर विपदका २० घटना


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपदका २० घटना भएको जनाएको छ ।

त्यसमध्ये १६ वटा आगलागीका घटना भएका छन् । यस्तै, चार वटा जनावर आक्रमणका घटना भए । प्राधिकरणका अनुसार, विपदमा परेर दुई जनाको ज्यान गयो भने पाँच जना घाइते भए । यस्तै, विपदका कारण २५ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

सिरहामा तीन, मोरङ, बारा र रौतहटमा दुई, सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान, बझाङमा आगलागीका घटना घटे । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको पाइएको छ ।

प्राधिकरणका अनुसार, सुनसरी, सप्तरी, चितवन र दैलेखमा भने जनावरका घटना घटे । प्राधिकरणले सुक्खा मौसममा आगलागीका घटनामा वृद्धि हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ७ : ५४ बजे

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त