क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर) « Khabarhub

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले अभ्यासमा व्यस्त छ। बंगलादेश प्रिमियर लिगको उपाधि जितेर बलर सन्दीप लामिछानेसमेत भारत आइपुगेका छन्।

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म विश्वप हुँदैछ। यो सिजनको विश्वकपको आयोजना भारत र श्रीलंकाले संयुक्त रुपमा गरेका छन्। नेपाली टोली श्रीलङ्कामा केही अभ्यास खेलेर भारत आइपुगेको हो। अहिले नेपाली टिम मुम्बईमा अभ्यासमा व्यस्त छ। विश्वकप अघि नेपालले भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट–११ सँग तीन टी–२० अभ्यास खेल खेल्दैछ।

मुम्बईको टिमपछि नेपालले विश्वकपको समूह चरणको खेलअघि संयुक्त अरब इमिरेट्स (युएई) र क्यानडासँग ‘वार्म अप’ खेल खेल्ने तालिका छ। नेपालले युएईसँग फेब्रुअरी ३ र क्यानडासँग ५ तारिख खेल्नेछ। उक्त खेल चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुनेछ।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ।

नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्नेछ। नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक क्रिकेट खेल्न लागेको हो। नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने तालिका छ। नेपालको खेलको सबै टिकट बिक्री भइसकेको छ।

नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको छ। यो नेपालको तेस्रो विश्वकप यात्रा हो।

विश्वकप खेल्ने नेपाली टिम

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

२०२६ को विश्वकपको समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेको छ।

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन्। सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ। त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन्।

नेपाली टिमका कप्तान पौडेलले नेपालले विश्वकपमा शतप्रतिशत नतिजा दिनेगरी खेल्ने बताएका छन्।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ९ : ३६ बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी