एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नवीकरण « Khabarhub

एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नवीकरण


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को आफ्नो मान्यतालाई नवीकरण गराएको छ । यो नवीकरणले ग्राहकहरुको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गर्दै कम्पनीको सूचना सुरक्षा र डेटा गोपनीयतामा रहेको नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाएको छ ।

गत वर्ष, एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको थियो । यो मान्यता र यसको नवीकरणले ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धतालाई पुष्टि गरेको छ ।

नवीकरण प्रक्रियाअनुसार, आइएसओद्वारा तोकिएको निकायमार्फत  अडिटर नियुक्त गरी एनसेलमा सर्भेलेन्स अडिट गरिएको थियो । आइएसओ मापदण्डअनुसार मूल्याङ्कन गर्दै अडिटरले एनसेलका सूचना सुरक्षा तथा डेटा गोपनीयता सम्बन्धी सुशासन प्रक्रिया आइएसओद्वारा निर्धारित मापदण्ड अनुरूप रहेको पुष्टि गरेको हो । यी मान्यताहरु आगामी एक वर्षसम्म मान्य रहनेछन् ।

नवीकरण भएका यी मान्यताहरूको स्कोपमा ग्राहक डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेजमा रहेका छन् । यसले एनसेलले गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरूमा उच्चतम मापदण्डहरू पुरा गरेको प्रष्ट पार्दछ ।

यी अन्तर्राष्ट्रिय मान्यताहरूले ग्राहकहरूका लागि सुरक्षा थप मजबुत बनाउँदै उनीहरूलाई आफ्नो व्यक्तिगत र संवेदनशील जानकारीहरू एनसेलमा सुरक्षित रहेको प्रत्याभूति प्रदान गर्दछ । साथै उनीहरूका जानकारीहरू अत्यन्तै सावधानी र उत्तरदायित्वका साथ कम्पनीले व्यवस्थापन गर्दै आएको प्रमाणित गर्दछ ।

ग्राहक र साझेदारहरूको डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गर्दछ । त्यसै गरी, आइएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लङ्घनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ ।

आइएसओ मापदण्डहरू पालना गरेर, एनसेलले ग्राहकहरूलाई उनीहरूको डाटा व्यवस्थापनमा अन्तर्राष्ट्रिय मापदण्ड प्रक्रिया पुरा गर्दै एक सुरक्षित प्रणालीले संरक्षण गरिरेहको सुनिश्चित गर्दछ । यी मान्यताहरुले एनसेलको पारदर्शिता र जवाफदेहीतालाई दर्शाउँछ जसले ग्राहकको विश्वास नै व्यवसाय सञ्चालनको केन्द्रबिन्दु रहेको सुनिश्चित गर्दछ ।

एनसेलका सिस्टमहरू सम्भावित अवरोधहरू न्यूनिकरण गर्ने, जोखिमहरू कम गर्ने, र व्यवसाय निरन्तरतालाई बढाउने गरी डिजाइन गरिएका छन् र कम्पनीले सबै प्रक्रियामा डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिँदै आएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ११ : १० बजे

फोहरजन्य वस्तु बिक्री गरी १४ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक

व्यावसायिक स्याउ खेती सुरु गर्दै भोजपुर वैकुण्ठेका किसान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती

दुई फर्मलाई वाणिज्य विभागको कारबाही 

काठमाडौं– नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता

डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ

सिरहा– सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न

धादिङ दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची)

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१