धुम्मियो काठमाडौं, केही स्थानमा पर्‍यो पानी (तस्बिरहरू) « Khabarhub

धुम्मियो काठमाडौं, केही स्थानमा पर्‍यो पानी (तस्बिरहरू)


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको छ।

बुधबार बिहानदेखि नै देशका उच्च भू–भाग, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षासहित हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ।

बिहानैदेखि काठमाडौं उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ, जसका कारण दैनिक जनजीवन प्रभावित भएको छ।

यसैबीच, काठमाडौं उपत्यकाको वायु गुणस्तर खराब बनेपछि घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन्।

स्विस वायु प्रदूषण मापन एप ‘आईक्यूएयर’का अनुसार काठमाडौँको वायु गुणस्तर ‘अति अस्वस्थकर’ स्तरमा पुगेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १२ : ५४ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको