महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको जहाज दुर्घटनामा मृत्यु « Khabarhub

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको जहाज दुर्घटनामा मृत्यु


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

मुम्बई- भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको छ। उनी ६६ वर्षका थिए।

बुधबार बिहान ८ः४५ बजे बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा उनको चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा अजित पवारसहित उनका सुरक्षाकर्मी, दुई पाइलट र एक परिचारिकासहित ५ जनाको ज्यान गएको छ।

पवार महाराष्ट्र पञ्चायत चुनावका लागि बारामतीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न जाँदै थिए।

महाराष्ट्र उड्डयन विभागका स्रोतहरूका अनुसार विमान बारामती विमानस्थलमा अवतरणका लागि अप्रोच गरिरहेको थियो।

पहिलो प्रयासमा पाइलटले रनवे स्पष्ट देखिन नसकेपछि विमानलाई पुनः उचाइमा लगेका थिए। त्यस समयमा भिजिबिलिटी करिब २ हजार मिटर रहेको बताइएको छ।

पहिलो प्रयास असफल भएपछि रनवे–११ मा दोस्रोपटक अवतरण गर्ने प्रयास गरियो। यही क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भयो । जहाजमा तुरुन्तै आगलागी भएर जलेको छ। दुर्घटनापछि घटनास्थलमा विमानको भग्नवाशेष र आगोको लप्का देखिएको थियो।

अवतरणका क्रममा पाइलटले कुनै आपतकालीन संकेत दिएका थिएनन्। ‘मेडे’ कल पनि गरिएको थिएन। घटनाका बेला बारामतीको फ्लाइङ क्लबबाट कुनै पनि विमान उडानमा थिएनन्।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १२ : ५२ बजे

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी