चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति « Khabarhub

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको भन्ने समाचार असत्य भएको स्पष्ट पारेको छ।

पार्टी अध्यक्ष भूमिराज निरौलाले मंगलबार सार्वजनिक भएका केही समाचारप्रति आपत्ति जनाउँदै चुरेभावर लोकतान्त्रिक पार्टी नेकपामा समाहित नभएको जिकिर गरेका छन्। उनले चुरेभावर नामबाट प्रकाशित समाचारले भ्रम सिर्जना गरेको भन्दै सच्याउन आग्रह गरे।

‘निर्वाचन आयोगमा दर्ता भएको चुरेभावर नामको पार्टी हाम्रोबाहेक अरु कुनै छैन,’ अध्यक्ष निरौलाले भने, ‘मंगलबार प्रकाशित समाचारको हामी खण्डन गर्दछौँ।’ उनले यसअघि नै कारबाही भइसकेका व्यक्तिहरू र चुरेभावर लोकतान्त्रिक पार्टीबीच कुनै सम्बन्ध नरहेको पनि स्पष्ट पारे।

अध्यक्ष निरौलाका अनुसार बद्री न्यौपानेको नेतृत्वमा रहेको चुरेभावर राष्ट्रिय पार्टी नेकपामा समाहित भएको भनेर आएको समाचारले भ्रम सिर्जना गरेको हो। नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा न्यौपाने नेतृत्वको पार्टी समाहित भएको उल्लेख गरिएपछि चुरेभावर लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको हो।

पार्टीले चुरेभावर लोकतान्त्रिक पार्टीको नाम र पहिचान प्रयोग गरेर फैलाइएका समाचारप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १२ : ५९ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका