चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने « Khabarhub

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ जना निर्वाचन प्रहरी (म्यादी) खटाइने भएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन तीन हजार ३५० जनाले आवेदन दिएका छन् ।
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार लिखित र अन्तर्वार्ता परीक्षामार्फत वैकल्पिकसहित दुई हजार ९४० जनाको नाम प्रकाशित गरिएको हो । एक सय ७४ जनाको नाम वैकल्पिकमा राखिएको छ । उनीहरूलाई यही माघ १८ गतेदेखि तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाइने उनले जानकारी दिए ।
 
उनका अनुसार निर्वाचनमा नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरी बल नेपालतर्फ ३२५ जना निर्वाचनमा खटिने छन् । जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालय टाँडी, इलाका प्रहरी कार्यालय गीतानगर, इलाका प्रहरी कार्यालय भण्डारा, इलाका प्रहरी कार्यालय खैरहनी, इलाका प्रहरी कार्यालय चनौली, इलाका प्रहरी कार्यालय माडी, इलाका प्रहरी कार्यालय मुग्लिन, इलाका प्रहरी कार्यालय जुटपानी र वडा प्रहरी कार्यालय नारायणगढमा निर्वाचन प्रहरीलाई तालिम दिने व्यवस्था मिलाइएको छ ।

माघ २५ गतेदेखि निर्वाचन प्रहरी कार्यक्षेत्रमा खटिने छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ)को मातहतमा निर्वाचन प्रहरी परिचालन हुनेछन् । एक महिनासम्म काम गरेर २५ फागुनमा निर्वाचन प्रहरीलाई बिदाइ गरिने छ ।
 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १ : ४८ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना