चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने « Khabarhub

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ जना निर्वाचन प्रहरी (म्यादी) खटाइने भएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन तीन हजार ३५० जनाले आवेदन दिएका छन् ।
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार लिखित र अन्तर्वार्ता परीक्षामार्फत वैकल्पिकसहित दुई हजार ९४० जनाको नाम प्रकाशित गरिएको हो । एक सय ७४ जनाको नाम वैकल्पिकमा राखिएको छ । उनीहरूलाई यही माघ १८ गतेदेखि तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाइने उनले जानकारी दिए ।
 
उनका अनुसार निर्वाचनमा नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरी बल नेपालतर्फ ३२५ जना निर्वाचनमा खटिने छन् । जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालय टाँडी, इलाका प्रहरी कार्यालय गीतानगर, इलाका प्रहरी कार्यालय भण्डारा, इलाका प्रहरी कार्यालय खैरहनी, इलाका प्रहरी कार्यालय चनौली, इलाका प्रहरी कार्यालय माडी, इलाका प्रहरी कार्यालय मुग्लिन, इलाका प्रहरी कार्यालय जुटपानी र वडा प्रहरी कार्यालय नारायणगढमा निर्वाचन प्रहरीलाई तालिम दिने व्यवस्था मिलाइएको छ ।

माघ २५ गतेदेखि निर्वाचन प्रहरी कार्यक्षेत्रमा खटिने छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ)को मातहतमा निर्वाचन प्रहरी परिचालन हुनेछन् । एक महिनासम्म काम गरेर २५ फागुनमा निर्वाचन प्रहरीलाई बिदाइ गरिने छ ।
 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १ : ४८ बजे

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,

संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको

विवरण अद्यावधिक नगरे फार्मासिस्टले सिफारिस पत्र नपाउने

काठमाडौं– नेपाल फार्मेसी परिषद् (एनपीसी) ले दर्तावाला फार्मासिस्ट तथा फार्मेसी

बालेन दार्चुला पुग्दा स्थानीयको उत्साह (तस्बिरहरू)

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन्

सेवा प्रदायक संस्थाको पुरानो खर्च मापदण्ड खारेज गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णय 

काठमाडौं– नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत