अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प  « Khabarhub

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा अर्को ‘समुद्री युद्धपोत समूह’ इरानतिर अघि बढिरहेको बताएका छन् । 

उनले उक्त कदमलाई अमेरिकी दबाब र सुरक्षा उपायको रूपमा व्याख्या गर्दै भने, “उहाँहरूले पहिले नै सन्धिमा सहमति गर्नु पथ्र्यो, आशा गर्छु अब गर्छन ।”
ट्रम्पले यो समूहले आवश्यक परेको खण्डमा सन्धि उल्लङ्घन गर्ने पक्षलाई रोक्न र अमेरिकी सुरक्षालाई सुनिश्चित गर्न रणनीतिक उद्देश्यले तैनाथ गरिएको स्पष्ट पारे ।

 उनले थपे ,’यो समूहले ‘सुन्दर तरिकाले’ इरानतिर यात्रा गरिरहेको छ, र यसले सम्भावित तनाव नियन्त्रण गर्न सक्ने आशा गरिएको छ ।’
अमेरिकी सेनाले पहिले नै युएसएस अब्राहाम लिंकन एयरक्राफ्ट क्यारियर समूहलाई मध्यपूर्वमा तैनाथ गरेको थियो ।

विश्लेषकहरूले ट्रम्पको यो वक्तव्य इरानसँगको सम्बन्धमा तनावपूर्ण संकेतको रूपमा व्याख्या गर्न सकिने अनुमान गरेका छन् ।

यस कदमले अन्तर्राष्ट्रिय सुरक्षा र मध्यपूर्वको राजनीतिक वातावरणमा महत्वपूर्ण प्रभाव पार्न सक्ने भएकाले विश्व समुदायले यसलाई नजिकबाट नजर राखिरहेको छ । ट्रम्पको यो चेतावनीले अमेरिकी नीति र सैन्य रणनीतिका विषयमा पनि अन्तर्राष्ट्रिय ध्यानाकर्षण बढाएको छ ।
 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ३ : १३ बजे

सेवा प्रदायक संस्थाको पुरानो खर्च मापदण्ड खारेज गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णय 

काठमाडौं– नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत

निकोलशको योजना : अबको ८ वर्षमा नेपाल ‘हरित स्वर्ग’, हरेक नेपालीलाई करोडपति बनाउने

काठमाडौं- पटक पटक विवादमा परेर भाइरल भइरहने डा. कमल (निकोलस)

भारत–युरोप व्यापार सम्झौता : भारतले युरोपेली बजारमा फाइदा पाउने

एजेन्सी– संयुक्त राज्य अमेरिकाका व्यापार प्रतिनिधि जेम्सन ग्रीरले भारत र

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,