निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने « Khabarhub

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लाको सुरक्षा अवस्थालाई चुस्तदुरुस्त पारिएको छ ।

निर्वाचनलाई मध्यनजर गरी यहाँका मतदानस्थललाई सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको हो । 

वर्गीकरणका आधारमा मतदानस्थलको सुरक्षाको प्रबन्ध मिलाइएको सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा योजना–२०८२ तयार गरी कार्यान्वयनमा ल्याएको छ।

मुख्यगरी मतदान पूर्व, मतदान हुँदा र मतदानपछिको सुरक्षाबारे योजनाबद्ध काम थालिएको प्रजिअ अर्यालले जानकारी दिए । उनले विगतका घटनाको विश्लेषण, भौगोलिक विकटता, मतदाता सङ्ख्या, जेन-जी आन्दोलनपछिको अवस्थालगायत सुरक्षा विश्लेषण गरी जिल्लामा सोही अनुरूपको सुरक्षा प्रबन्ध मिलाइएको बताए।

 प्रजिअ अर्यालका अनुसार दाङमा १५९ मतदानस्थल र ४८२ मतदान केन्द्र रहेका छन् । तीमध्ये १३४ संवेदनशील, १६ अतिसंवेदनशील र नौ वटा सामान्य मतदानस्थल रहेका जनाउँदै सोही बमोजिम सुरक्षा व्यवस्था मिलाइएको बताए।

प्रजिअ अर्यालले भने, ‘त्यसैगरी गस्ती, पेट्रोलिङ, सूचना संकलन, सामाजिक सञ्जालका सामग्री र भ्रामक समाचारको निगरानी थालिएको छ ।’

 उनका अनुसार निर्वाचनमा नेपाली सेनाका ६०९, सशस्त्र प्रहरीका ४६९, नेपाल प्रहरीका एक हजार ३८१, निर्वाचन प्रहरीअन्तर्गत नेपाल प्रहरीका दुई हजार ४१५ र सशस्त्र प्रहरीका ३०३ तीन गरी जिल्लामा पाँच हजार १७७ सुरक्षाकर्मी परिचालन हुनेछन् । 

चुनावी कार्यक्रम, उम्मेदवारको घरदैलो, मतदाता, मतदानस्थल, सहज मतदान र मतपेटिका र मतगणनास्थलको सुरक्षा गर्न सुरक्षा रणनीति तयार गरी लागू गरिएको छ जनाउँदै प्रजिअ अर्यालले कतै एकल कतै संयुक्त सुरक्षा गस्ती भइरहेका उल्लेख गरे।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दीपककुमार श्रेष्ठले निर्वाचनलाई मध्यनजर गरी जिल्लाको सुरक्षा अवस्थालाई सुदृढ पारिएको बताए। उनका अनुसार जिल्ला कमाण्ड पोष्ट, निर्वाचन सेल निर्माण गरी कार्यान्वयन भइसकेका छन् । 

त्यसैगरी निर्वाचनमा खटिने निर्वाचन प्रहरीको नतिजा सार्वजनिक गरी प्रशिक्षणको तयारी गरिएको उनले जानकारी दिए । दाङमा कूल चार लाख ३१ हजार ६८७ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।
 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ४ : २४ बजे

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,

संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको