काठमाडौं– नेपाल फार्मेसी परिषद् (एनपीसी) ले दर्तावाला फार्मासिस्ट तथा फार्मेसी सहायकलाई आफ्नो नाम, कार्यस्थल र अन्य विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिएको छ ।
विवरण अद्यावधिक गरेमा परिषद्ले कुशल अभ्यास प्रमाणपत्र तथा कुनै पनि प्रकारको सिफारिस पत्र जारी नगर्ने चेतावनी दिएको छ ।
परिषद्को नियमावली २०५९ अनुसार, दर्तावाला फार्मासिस्ट वा फार्मेसी सहायकले व्यवसाय छाडेमा वा कार्यस्थल (ठेगाना) परिवर्तन गरेमा त्यसको जानकारी एक महिनाभित्र लिखित रूपमा परिषद्को रजिस्ट्रारलाई गराउनु अनिवार्य हुन्छ ।
साथै नियम ७.४ (२) बमोजिम आफ्नो अद्यावधिक विवरण र कार्य विवरण नियमित रूपमा परिषद्मा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
यसैअनुसार परिषद्ले आफ्नो वेबसाइटमार्फत अनलाइन प्रणाली प्रयोग गरी नाम दर्ता नवीकरणर अद्यावधिक तथा कार्यस्थल र अन्य विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । परिषद्ले जारी गरेको सूचनामा नाम दर्ता अद्यावधिक प्रणालीमार्फत सबै विवरण समयमै अद्यावधिक गर्न सकिने उल्लेख गरिएको छ ।
परिषद्का अनुसार विवरण अद्यावधिक नगर्ने फार्मासिस्ट वा फार्मेसी सहायकलाई भविष्यमा कुनै पनि प्रकारको सिफारिस पत्र वा कुशल अभ्यास प्रमाणपत्र दिन बाध्य नहुने स्पष्ट गरिएको छ । परिषद्ले सबै दर्तावाला स्वास्थ्यकर्मीलाई नयाँ व्यवस्थाअनुसार आफ्नो विवरण नियमित रूपमा अद्यावधिक गरी पेशागत जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ ।














प्रतिक्रिया