विवरण अद्यावधिक नगरे फार्मासिस्टले सिफारिस पत्र नपाउने « Khabarhub

विवरण अद्यावधिक नगरे फार्मासिस्टले सिफारिस पत्र नपाउने


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल फार्मेसी परिषद् (एनपीसी) ले दर्तावाला फार्मासिस्ट तथा फार्मेसी सहायकलाई आफ्नो नाम, कार्यस्थल र अन्य विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिएको छ । 

विवरण अद्यावधिक गरेमा परिषद्ले कुशल अभ्यास प्रमाणपत्र तथा कुनै पनि प्रकारको सिफारिस पत्र जारी नगर्ने चेतावनी दिएको छ । 

परिषद्को नियमावली २०५९ अनुसार, दर्तावाला फार्मासिस्ट वा फार्मेसी सहायकले व्यवसाय छाडेमा वा कार्यस्थल (ठेगाना) परिवर्तन गरेमा त्यसको जानकारी एक महिनाभित्र लिखित रूपमा परिषद्को रजिस्ट्रारलाई गराउनु अनिवार्य हुन्छ । 

साथै नियम ७.४ (२) बमोजिम आफ्नो अद्यावधिक विवरण र कार्य विवरण नियमित रूपमा परिषद्मा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

यसैअनुसार परिषद्ले आफ्नो वेबसाइटमार्फत अनलाइन प्रणाली प्रयोग गरी नाम दर्ता नवीकरणर अद्यावधिक तथा कार्यस्थल र अन्य विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । परिषद्ले जारी गरेको सूचनामा नाम दर्ता अद्यावधिक प्रणालीमार्फत सबै विवरण समयमै अद्यावधिक गर्न सकिने उल्लेख गरिएको छ । 

परिषद्का अनुसार विवरण अद्यावधिक नगर्ने फार्मासिस्ट वा फार्मेसी सहायकलाई भविष्यमा कुनै पनि प्रकारको सिफारिस पत्र वा कुशल अभ्यास प्रमाणपत्र दिन बाध्य नहुने स्पष्ट गरिएको छ । परिषद्ले सबै दर्तावाला स्वास्थ्यकर्मीलाई नयाँ व्यवस्थाअनुसार आफ्नो विवरण नियमित रूपमा अद्यावधिक गरी पेशागत जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ४ : ४३ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु