काठमाडौं – नेपाली कांग्रेसका केही सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेका छन्।
पार्टीको डेलिगेसन टोलीले भोलि बिहान १० बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने नेता श्यामकुमार घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार एमाले र कांग्रेससहितका ठूला दलहरूले वर्तमान सरकारलाई मान्यता नदिएको र सरकारको वैधतामाथि प्रश्न उठाउँदै दायर गरिएको मुद्दा अदालतमा विचाराधीन रहे पनि हालसम्म सुनुवाइ सुरु भएको छैन।
‘हामी अदालतको निर्णय मान्छौँ। मुद्दामा तुरुन्त पेशी तोकेर सुनुवाइ सुरु होस् भन्ने मागसहित सर्वोच्च जान लागेका हौँ,’ उनले खबरहबसँग भने।
कांग्रेसका वरिष्ठ नेताहरूले संविधान र कानुनअनुसार प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको धारणा राख्दै आएका छन्।













प्रतिक्रिया