सरकारको वैधतामा मुद्दा विचाराधीन, तत्काल सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने « Khabarhub

सरकारको वैधतामा मुद्दा विचाराधीन, तत्काल सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका केही सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेका छन्।

पार्टीको डेलिगेसन टोलीले भोलि बिहान १० बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने नेता श्यामकुमार घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार एमाले र कांग्रेससहितका ठूला दलहरूले वर्तमान सरकारलाई मान्यता नदिएको र सरकारको वैधतामाथि प्रश्न उठाउँदै दायर गरिएको मुद्दा अदालतमा विचाराधीन रहे पनि हालसम्म सुनुवाइ सुरु भएको छैन।

‘हामी अदालतको निर्णय मान्छौँ। मुद्दामा तुरुन्त पेशी तोकेर सुनुवाइ सुरु होस् भन्ने मागसहित सर्वोच्च जान लागेका हौँ,’ उनले खबरहबसँग भने।

कांग्रेसका वरिष्ठ नेताहरूले संविधान र कानुनअनुसार प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको धारणा राख्दै आएका छन्।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : १४ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु