एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित « Khabarhub

एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार चौथो जित निकालेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले लगातार जित निकालेको हो ।

मच्छिन्द्रको जितमा प्रदीप बुढाथोकीले खेलको ३० औँ मिनेटमा, जोनाथन जोरिल्लाले ६५ औँ मिनेटमा र अलिजोन अलिजोनोभले खेलको ६९ औँ मिनेटमा गोल गरेका थिए । 

चित्लाङका तर्फबाट एक मात्र गोल विज्ञान खड्काले खेलको ७० औँ मिनेटमा गरेका थिए ।

त्यसअघि बुधबार नै भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै एपीएफ क्लब शीर्षस्थानमा उक्लिन सफल भयो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले जावलाखेललाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

एपीएफको जितमा समीरराज थोकरले २ गोल गरे भने जावलाखेलका धर्बेन्द्र कुँवरले एक गोल फर्काएका थिए । एन्फाको आयोजनामा जारी लिगमा १७ टीमको सहभागिता रहेको छ । 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ०४ बजे

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,