एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित « Khabarhub

एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार चौथो जित निकालेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले लगातार जित निकालेको हो ।

मच्छिन्द्रको जितमा प्रदीप बुढाथोकीले खेलको ३० औँ मिनेटमा, जोनाथन जोरिल्लाले ६५ औँ मिनेटमा र अलिजोन अलिजोनोभले खेलको ६९ औँ मिनेटमा गोल गरेका थिए । 

चित्लाङका तर्फबाट एक मात्र गोल विज्ञान खड्काले खेलको ७० औँ मिनेटमा गरेका थिए ।

त्यसअघि बुधबार नै भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै एपीएफ क्लब शीर्षस्थानमा उक्लिन सफल भयो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले जावलाखेललाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

एपीएफको जितमा समीरराज थोकरले २ गोल गरे भने जावलाखेलका धर्बेन्द्र कुँवरले एक गोल फर्काएका थिए । एन्फाको आयोजनामा जारी लिगमा १७ टीमको सहभागिता रहेको छ । 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ०४ बजे

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा