भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार « Khabarhub

भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । गए राति ४ बजेदेखि परेको हिमपातका कारण बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अलपत्र परेका ५० जना यात्रुको उद्धार गरिएको हो । 

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ परियारले बताइन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिबीको सहयताले केही ठाउँको हिउँ हटाएर यात्रुको उद्धार गरिएको उनको भनाइ छ ।

पातीहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा तत्काल गाडी सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रजिअ परियारले बताइन्। बागलुङ प्रशासन र काठमाडौँ प्रशासनसँग समन्वय गरी केही दिन यो सडकखण्डमा यातायात सञ्चालन नगर्न आग्रह गरेको उनको भनाइ छ ।

उनले भनिन्, ‘यात्रु अलपत्र परेको खबर पाउनासाथ बिहानैदेखि जिल्ला सुरक्षा समितिको टिमनै फिल्डमा आयौँ र अलपत्र परेका यात्रुको उद्धार गरेका छौँ, पातीहाल्ने क्षेत्रमा बाक्लो हिमपात छ, यहाँ अहिले सडक खुलाउन सक्ने अवस्था छैन, पूर्वी रुकुमबाट काठमाडौँ चल्ने यातायातलाई हामीहरूले उतै रोक्छौँ, बागलुङ तर्फबाट पनि गाडी चल्न नदिनका लागि प्रशासनसँग समन्वय गरेका छौँ ।’

हिउँ नपग्लिदासम्म रुकुम हुँदै काठमाडौँ, पोखरा जाने सवारी साधानले फरक रुटको प्रयोग गर्नुपर्नेछ । बागलुङ खण्डमा पनि दुई फिटभन्दा बढी हिउँ परेको हुँदा यात्रा गर्न नसकिने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिए। सडक खुलाउन निसीखोला गाउँपालिकासँग समन्वय भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : २२ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय