ओलीको स्पष्टीकरण : प्रधानमन्त्रीले गोली चलाउन आदेश दिँदैन, घुसपैठ भएर भदौ २३ को दुर्घटना निम्तियो « Khabarhub

ओलीको स्पष्टीकरण : प्रधानमन्त्रीले गोली चलाउन आदेश दिँदैन, घुसपैठ भएर भदौ २३ को दुर्घटना निम्तियो


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको घटनाबारे स्पष्टीकरण दिएका छन्।

उनले केही दिनयता तत्कालीन प्रधानमन्त्री हुँदाको समयमा आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्दै गलत प्रचार भइरहेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा निराधार भनेका हुन् ।

संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको बताउँदै ओलीले आफूले त्यस्तो आदेश न दिएको, न दिने सोच नै गर्न नसक्ने बताएका छन्।

जेन-जी आन्दोलनका क्रममा भएको उक्त घटनापछि तत्कालै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गराउँदै २३ भदौमा ज्यान गुमाएका १९ जना बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

भदौ २३ गते घुसपैठको सम्भावना देखिएकाले सुरूमा माइतीघर मण्डल प्रदर्शन रोक्ने निर्णय गरिएको पनि बताएका छन्। तर शान्तिपूर्ण सभाको अनुमति मागेपछि प्रशासनले सहजै स्वीकृति दिएको उनले स्मरण गराए ।

भदौ २३ गते बिहान सुरू भएको जेन–जीको प्रदर्शन शान्तिपूर्ण रूपमा चलेको उनले बताएका छन्। ‘उक्त क्रममा न गोली चलेको थियो, न लाठीचार्ज भएको थियो’, उनले भनेका छन् ।

ओलीले करिब मध्यान्हतिर घुसपैठ गर्ने समूहले प्रदर्शनकारी युवाहरूलाई निषेधित क्षेत्रतर्फ लैजान थालेको दाबी गरेका छन्। आयोजकहरूले पटक–पटक घुसपैठ भएको भन्दै घर फर्किन आग्रह गरे पनि योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसका विद्यार्थीलाई अगाडि राखेर संसद् भवनतर्फ लैजान खोजेको उनको दाबी छ ।

उनले संसद् भवनअगाडि आगजनीको प्रयास र विस्फोटक पदार्थ प्रयोग भएपछि त्यस अवस्थालाई ‘आन्दोलन’ नभई ‘राज्यविरुद्धको आक्रमण’ मानिने कानुनी व्यवस्था रहेको उल्लेख गरेका छन्। संसद् भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको र त्यसपछिका घटनाले सबैलाई गहिरो पीडा दिएको ओलीको भनाइ छ।

ओलीले सुरक्षाकर्मीले सरकारको आदेश होइन, कानुनको सपथ लिएको र त्यस दिन पनि सरकारको आदेशमा गोली नचलेको स्पष्ट पारेका छन्। माइतीघरको शान्तिपूर्ण प्रदर्शनदेखि वानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै बल प्रयोग नभएको उनले दोहोर्‍याएका छन्।

उनले सामाजिक सञ्जालमा फैलाइएका गलत प्रचारमा नलाग्न नागरिकलाई आग्रह गर्दै १९ जना बालबालिकाको मृत्युबाट आफू अत्यन्त मर्माहत रहेको बताएका छन्।

यसका साथै भदौ २३ गते माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट युवाहरूलाई संसद् भवनजस्तो संवेदनशील स्थानतर्फ कसले, किन र कसरी लग्यो भन्ने प्रश्नको जवाफ खोज्न पनि ओलीले आग्रह गरेका छन्।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ३६ बजे

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको

सहरी सरसफाइ र स्वच्छता कायम गराउने प्रक्रियामा गल्ती गर्ने छुट छैन : सुनिता डंगोल

काठमाडौं – महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी सरसफाइ र

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको