भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर « Khabarhub

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते भएको जेन-जी आन्दोलनको घटनाबारे स्पष्टीकरण दिँदै आफ्नो बचाउ गरेका छन् ।

उनले केही दिनयता तत्कालीन प्रधानमन्त्री हुँदाको समयमा आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भनेर लगाइएको आरोप उनले अस्वीकार गरेका छन् ।

ओलीले माइतीघरमा शान्तिपूर्ण रहेको प्रदर्शन बानेश्वरको निषेधित क्षेत्रमा आइपुगेपछि घुसपैठ भएर हिंसात्मक हुन पुगेको दाबी गरेका छन् ।

ओलीका पाँच तर्क

गोली चलाउन दिएको आदेश अस्वीकार

प्रधानमन्त्रीका रूपमा आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने आरोप पूर्ण रूपमा गलत र निराधार भएको ओलीको दाबी।

माइतीघरको प्रदर्शन शान्तिपूर्ण

माइतीघरमा भएको जेन–जीको प्रदर्शन शान्तिपूर्ण रूपमा चलेको, न गोली चलेको न लाठीचार्ज भएको स्पष्टीकरण।

घुसपैठ र योजनाबद्ध उक्साहटको आरोप

घुसपैठकारी समूहले बालबालिका अगाडि राखेर प्रदर्शनकारीलाई निषेधित क्षेत्र र संसद् भवनतर्फ लैजान खोजेको आरोप।

संसद् भवनमा ‘राज्यविरुद्धको आक्रमण’

आगजनी र विस्फोटक प्रयोगपछि अवस्था आन्दोलन नभई राज्यविरुद्धको आक्रमणमा परिणत भएको र त्यसपछि सुरक्षा निकायले कानुनअनुसार बल प्रयोग गरेको दाबी।

सुरक्षाकर्मी कानुनअनुसार चलेको जिकिर

गोली सरकारको आदेशमा नभई कानुन र सुरक्षाकर्मीको दायित्वअनुसार चलेको तथा गलत प्रचारमा नलाग्न नागरिकलाई आग्रह।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ४४ बजे

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा