उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन् « Khabarhub

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार, पहिचान, स्वाभिमान र समानतासँगै अब विकासको लागि लडाई लड्नुपर्ने बताएका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका-४ स्थित शान्ति चोकमा बुधबार आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले अधिकार, पहिचान, स्वाभिमान र समानताका लागि लडाई लड्यौँ, अब मधेशले विकासका लागि लडाई लड्नु आवश्यक छ ।’

केन्द्र सरकारले मधेशबाट अत्यधिक राजश्व लगे पनि विकास बजेट कम आउने गरेको चर्चा गर्दै यादवले विगतमा सक्षम जनप्रतिनिधि नचुनिएकाले आवाज उठाउन नसक्दा सप्तरी ३ पछाडि परेको बताए ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले सप्तरी २ बाट चुनाव जितेपछि शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा उल्लेखनीय कार्य गरेको चर्चा गरे ।

‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालन, गजेन्द्रनारायण सिंह अस्पतालमा कायापलट हुने गरी भौतिक पूर्वाधार निर्माण, महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा इन्जिनियरिङ्ग भवन निर्माण, अस्पताल परिसरमा नर्सिङ्ग भवन, विद्यालयहरुमा शैक्षिक भवन, रुपनी–राजविराज सडक, राजविराज–छिन्नमस्ता–न्यौर सडक, राजविराज–हनुमाननगर–भारदह सडक निर्माण, पालिकाहरुलाई एम्बुलेन्स लगायतका कामहरु कामहरु अगाडि बढाएँ, दुर्भाग्य नै भन्नुपर्छ मेरो अनुपस्थितिमा ती कार्य अगाडि बढाउनुको साटो भाँजो हाल्ने काम भयो’, उनले भने ।

विगतमा मधेश र मधेशी जनतामाथि भइरहेको चरम विभेद एवम् दमन विरुद्ध मधेशी जन अधिकार फोरम नेपालको नेतृत्वमा सङ्घर्ष भएको चर्चा गर्दै फोरमसँगको सम्झौतापछि गाउँगाउँमा नागरिकता टोली खटाएर नागरिकता वितरण गरिएको उनले बताए ।

मधेशी अर्थात् कालो चेहरालाई मर्सिया, धोती जस्ता शब्दले अपमानित गर्ने गरेकोमा अहिले मधेश प्रदेश नै बनेको चर्चा गर्दै जसपा अध्यक्ष यादवले भने ‘अब मधेशीलाई भेदभाव वा दुर्व्यवहार गर्न पाउँदैनन्, गर्वले मधेश प्रदेशबासी भन्न पाएका छन् ।’

मधेश आन्दोलनकै उपलब्धीका कारण मधेशी, महिला, दलित, मुस्लिम, आदिवासी, जनजाती, पिछडावर्ग लगायत विभेदमा पारिएका समुदायको सहभागिताको सुनिश्चितता भएको उनले बताए ।

अझै थुप्रै अधिकार प्राप्त गर्न बाँकी रहेकोले त्यसकालागि मधेशी जनता मधेशको पक्षमा एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, ‘मधेशी जनताले पाएको अधिकार पनि खोस्नका लागि मधेशमा भ्रम छर्ने काम भइरहेकोले जसपा नेपालका उम्मेदवारहरुलाई भारी मत दिएर जिताएर पठाउन आग्रह छ ।’

जसपा नेपालका नेता रेणुकुमारी यादवले आफु शिक्षामन्त्री हुँदा अडानका साथ विधेयक ल्याएर पारित गराएकै कारण सरकारी विद्यालयमा अध्ययन गरेका तथा दलित, मुस्लिम समुदायबाट समेत छात्रबृतिमा डाक्टरी पढ्ने अवसर पाएको चर्चा गरिन् ।

पार्टीका सचिव शैलेन्द्र प्रसाद साहले मधेशी जनताको कठोर सङ्घर्षबाट प्राप्त भएको उपलब्धीहरु पनि खोस्नका लागि सङ्घीयता विरोधीहरु सक्रिय रहेकोले त्यस्ता शक्तिलाई वहिष्कार गर्न आग्रह गरे ।

प्रचार प्रसार समितिका अध्यक्ष राजेन्द्र सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा श्रीचन साह, दलित मुक्ति सङ्ठनका जिल्ला अध्यक्ष अशोक राम लगायतले मन्तब्य व्यक्त गरे ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ७ : १५ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र