राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग « Khabarhub

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान गरी बाँके क्षेत्र नं ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसको छानबिन गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ । 
 
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आज ज्ञापनपत्र बुझाउँदै हिन्दु जागरण नेपालले समाज भड्काउने काम गरको भन्दै छानबिन गरी कानुनी कारबाहीको माग गरेको हो । 

सुनारले राजनीतिक लाभका लागि राष्ट्रियतासँग जोडिएका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै हिन्दु जागरण नेपालले सुनारको उम्मेदवारी खारेजीको माग गरेको हो । 

सुनारले राजनीतिक लाभका लागि आम मानिसमा भ्रम फैल्याउने, सामाजिक सद्भावमा असर पुर्‍याउने तथा राष्ट्रको गरिमा कमजोर बनाउने काम गरेकाले त्यसको छानबिन गरिनुपर्नेमा ज्ञापनपत्रमा जोड दिइएको छ । 
 
यस्ता अभिव्यक्तिले निष्पक्ष र शान्तिपूर्ण रूपामा निर्वाचनका प्रक्रिया अघि बढाउन नकारात्मक प्रभाव पार्ने भएकाले समयमै यस्ता गतिविधि रोकिनुपर्ने हिन्दू जागरण नेपालको माग छ ।

छानबिन गरी प्रचलित कानुन र निर्वाचन आचारसंहिताअनुसार सुनारलाई कारबाही गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ७ : ३५ बजे

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ