लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल « Khabarhub

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ ।

प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा आज दलित अधिकारसम्बन्धी विधेयक तथा जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सकिएको हो ।

प्रदेश सरकार सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलित अधिकारसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ समेतमन्त्री तिमिल्सिनाले दिए । सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य इन्द्रजित थारु, लोककुमारी विश्वकर्मा र विष्णु पन्थीले भाग लिएका थिए । 

यसैगरी स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिका रूपमा स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गरे ।

त्यसैगरी, महालेखा परीक्षकको प्रतिवेदन २०८२, मुस्लिम आयोगको प्रतिवेदन तथा मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पनि मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिका रूपमा स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सभामा पेस गरे। 

आजको बैठकमा प्रदेशसभा सदस्य यमबहादुर सार्की, रत्नबहादुर खत्री, अम्बिका काफ्ले, मीनाकुमारी श्रेष्ठ, धनलक्ष्मी श्रेष्ठ, इन्द्रजित थारु र भोजप्रसाद श्रेष्ठले समसामयिक विषयमा धारणा राखेका थिए। प्रदेशसभाको अर्को बैठक माघ २० गते बस्नेछ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ८ : ०१ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै