मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु « Khabarhub

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको छ । मिथिला चित्रकलाको प्रवद्र्धन गर्ने उदेश्यले तालिम सुरु गरिएको हो । मिथिला थाली बाई सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।

मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिका लक्षित गरी आयोजित तालिमका सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनको प्रशिक्षण दिइने तालिमका प्रशिक्षक प्रतिभा मिश्रले जानकारी दिए ।

तालिमको पहिलो दिन नक्साल, दोस्रो दिन गौशाला र तेस्रो दिन झम्सीखेलस्थित मिथिला थालीमा तालिम सञ्चालन हुनेछ । तीनदिने प्रशिक्षणपछि १० दिनको अन्तरालमा नक्सालस्थित मिथिला थालीमा अन्तिम चित्रकला प्रतियोगिता आयोजना गरिनेछ । तालिममा ३० जनाभन्दा बढी सहभागी छन् ।

“मलाई सधैँ मिथिला पेन्टिङप्रति रुचि थियो । तालिममार्फत नयाँ डिजाइन सिकेर आफ्नै काम गर्न सक्नेछु । मलाई पहिलेदेखि नै यस्तो तालिम लिने इच्छा थियो । आज सहभागी हुन पाउँदा खुुसी लागेको छ”, तालिममा सहभागी क्रेशिका ढकालले बताए ।

तालिमको उद्घाटन गर्दै मास्टर सेफ सन्तोष साहले मिथिला चित्रकलालाई जनकपुरमा मात्र सीमित नराखेर देशविदेशमा चिनाउने उद्देश्य तालिम आयोजना गरिएको बताए ।

“धर्म, संस्कृति, परम्परा र कलालाई जोगाउनुका साथै नयाँ पुस्तालाई संस्कृतिको ज्ञान दिनुपर्छ”, साहले भने, “महिलालाई कलामार्फत आत्मनिर्भर बनाउने हाम्रो अर्को लक्ष्य हो । त्यसैले हामीले यो तालिम आयोजना गरेका हौँ ।”

साथै सुडी महिला कल्याण समाजकी अध्यक्ष रुवी महतो पुर्वेले महिलालाई घरमै सीमित नराखी यस्ता तालिममा सहभागी गराएर सीप सिकाउने र आम्दानीको अवसर दिने उद्देश्य रहेको बताए । पहिले सिकाएका महिला अहिले आफ्नै प्रयासले आम्दानी गरिरहेका छन् । यस तालिमले सहभागीलाई पनि त्यस्तै अवसर दिनेछ ।

परीक्षार्थीलाई प्रतिभा मिश्र, शारदा झा, सोनाम कर्ण, प्रिया पुर्वे, अदिती झालगायतका प्रशिक्षकले मिथिला चित्रकलाबारे तालिम प्रदान गर्नेछन् ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ९ : २४ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति