टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा « Khabarhub

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको फाइनलमा न्यू डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । महिलातर्फ न्यू डायमण्ड क्लबले आज थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी आजको दोस्रो खेलमा न्यू डायमण्डले थाइल्याण्डलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । न्यू डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । न्यू डायमण्ड अपराजित रहँदै यसअघि नै फाइनलमा पुगिसकेको छ ।

थाइल्याण्ड पराजित भएसँगै चार खेलबाट सात अङ्क जोडेको पुलिस फाइनलमा प्रवेश गरेको हो । थाइल्याण्डले चार खेलबाट ६ अङ्क प्राप्त गर्‍यो । अब महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र नेपाल पुलिस क्लब भिड्नेछन् ।

तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानका लागि बिहीबार र फाइनल खेल माघ १७ गते हुनेछ । प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोली सहभागी छन् । ‘सिङ्गल राउण्ड रोविन’का आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

प्रतियोगितामा महिला तथा पुरुष च्याम्पियन हुने टोलीले समान नगद रु छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले नगद रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ प्राप्त गर्ने आयोजक टाइगर ग्रुपका सचिव डिवी नेपालीले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विधागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ९ : ५१ बजे

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ

‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु

काठमाडौं – फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति नजिकिएसँगै नायिका

क्रिटिक्स अवार्ड २०८१ : ‘साम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले उत्कृष्ट घोषित

काठमाडौं – क्रिटिक्स अवार्ड २०८१ मा ‘शाम्बाला’ले उत्कृष्ट फिल्मको अवार्ड

३६ वर्षीय बालेनसँग हारेका ओलीले उही उमेरका सुहाङ रोकेर ७० काटेका बादललाई बोके

काठमाडौं- गत भदौमा युवाहरूको दुई दिने आन्दोलनको बलले प्रधानमन्त्रीबाट सत्ताच्यूत