उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ  « Khabarhub

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भविष्य तय गर्ने दाबी गरेका छन्। 

सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले शनिबार घरदैलोको क्रममा आममतदातालाई सम्बोधन गर्दै राज्यले विगत झै मधेशलाई उपेक्षा गरे समृद्ध मुलुक बन्नै नसक्ने दाबी गरे। 

‘मधेश केवल भौगोलिक क्षेत्र होइन, यो स्वाभिमान र अधिकारको ज्वलन्त आवाज हो,-अध्यक्ष यादवले भने,- अबको निर्णायक शक्ति मधेश हो, र देशको भविष्य पनि मधेशले नै तय गर्नेछ।’ मधेशको आन्दोलन, बलिदान र त्यागको स्मरण गर्दै मधेश बलियो भयो भने मात्र संघीयता बलियो हुन्छ, देश पनि सुरक्षित र समृद्ध हुने बताए। 

जसपा नेपालले नै मधेशको एजेन्डा, विभेद, उत्पीडन र पहिचानका सवाललाई गाउँगाउँदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याएको जिकिर गर्दै उनले भने, ‘मधेशमाथिको ऐतिहासिक अन्याय र संरचनागत विभेद नस्वीकार्ने, नबुझ्नेहरू मधेशको हितैषी हुनै सक्दैनन्।’

विगतको संघर्षलाई केवल इतिहास नभई भविष्यको आधार भएको भन्दै उनले मधेशलाई उपेक्षा गरेर विकास र समृद्धिको सपना केवल खोक्रो नारा मात्र हुने बताए। 

‘जसको एजेन्डामा मधेशको समस्या र उत्पीडनको सवाल स्पष्ट छैन, उसले मधेशको नेतृत्व कसरी गर्छ रु नयाँ दलहरूप्रति संकेत गर्दै उनले भने-ुकेही शक्तिहरूको ध्यान केवल मधेशको भोटमा मात्रै केन्द्रित छ, तर मधेशले सदियौदेखि भोग्दै आएको गरिबी, अशिक्षा, बेरोजगारी र राज्यको विभेदप्रति उनीहरूमा कुनै संवेदनशीलता छैन।’ 

जसपा अध्यक्ष यादवले यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्रै होइन, यो मधेशको सम्मान, अधिकार र भविष्य जोगाउने महत्वपूर्ण निर्णायक अवसर भएको बताउँदै आममतदातालाई सचेत, एकताबद्ध र दृढ भएर मधेशको अस्तित्व र स्वाभिमानको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । 

यो निर्वाचनबाट जसपा नेपाल एउटा निर्णायक शक्तिको रुपमा उदाउने अध्यक्ष यादवको दाबी छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १२ : ४५ बजे

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ

औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख

तीन वर्षमा छ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले तीन वर्षभन्दा कम समयमा

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा