तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण « Khabarhub

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे उज्यालो नेपाल पार्टी तनहुँ–१ का उम्मेदवार मञ्जिल राना ले प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई शान्तिपूर्ण असहमतिको अभिव्यक्ति बताएका छन्।

विज्ञप्तिमा युवाहरूले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै असहमति प्रकट गरेको उल्लेख गरिएको छ। नागरिकलाई आफ्नो विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने संवैधानिक हक रहेको र त्यसलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।

उक्त कार्यक्रममा सहभागी रवि लामिछाने पक्षका केही समूहले परिस्थितिलाई अनावश्यक रूपमा तनावपूर्ण बनाएको आरोप पनि विज्ञप्तिमा गरिएको छ। तथापि, मञ्जिल रानाले सबै पक्षलाई संयम र सहिष्णुता अपनाउन आग्रह गर्दै लोकतान्त्रिक मूल्य–मान्यताभित्रै राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

उज्यालो नेपाल पार्टीले शान्तिपूर्ण राजनीतिक संस्कृतिको पक्षमा रहेको र युवाहरूको आवाजलाई सम्मान गर्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १२ : ४६ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली