बहराइन, कतार, कुवेत र यूएईमा पनि हमला « Khabarhub

बहराइन, कतार, कुवेत र यूएईमा पनि हमला


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानले बहराइन, कुवेत, यूएई र कतारमा मिसाइल प्रहार गरेको छ । बहराइनमा विस्फोट भइरहेको रिपोर्टहरू प्राप्त भएका छन् ।

रोयटर्स समाचार एजेन्सीका अनुसार बहराइनको जुफैर क्षेत्रबाट धुवाँ निस्किएको देखिएको छ । यहाँ अमेरिकी नौसेनाको आधार शिविर रहेको छ।

यसअघि, बहराइनको गृह मन्त्रालयले आपत्कालीन चेतावनी जारी गर्दै नागरिकहरूलाई नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

बहराइनले त्यहाँस्थित अमेरिकी नौसेनाको पाँचौँ फ्लिटको मुख्यालयलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको पुष्टि गरेको छ ।

अल जजीराले कुवेतमा पनि विष्फोटको आवाज सुनिएको जनाएको छ ।

कतारले मोबाइल उपकरणहरूमार्फत् चेतावनी जारी गर्दै सबै नागरिकहरूलाई घरमा वा अन्यत्र जहाँ भए पनि सुरक्षित रहन र सैन्य आधार शिविरहरू बाट टाढा रहन र घरभित्रै बस्न आग्रह गरेको छ।

कतारमा अमेरिकाको अल उदेद एयर बेस रहेको छ । कतारको हवाइ क्षेत्रमा प्रवेश गरेको इरानी मिसाइललाई रोकिएको छ । कतारको रक्षा मन्त्रालयका अनुसार प्याट्रियट रक्षा प्रणालीले एक इरानी मिसाइललाई इन्टरसेप्ट गरेको छ ।

रोयटर्स समाचार एजेन्सीका अनुसार संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा ठूलो विष्फोट भएको खबर प्राप्त भएको छ ।

क्षेत्रीय तनाव चुलिएका बेला कतार, कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ३ : १९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको