बहराइन, कतार, कुवेत र यूएईमा पनि हमला « Khabarhub

बहराइन, कतार, कुवेत र यूएईमा पनि हमला


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानले बहराइन, कुवेत, यूएई र कतारमा मिसाइल प्रहार गरेको छ । बहराइनमा विस्फोट भइरहेको रिपोर्टहरू प्राप्त भएका छन् ।

रोयटर्स समाचार एजेन्सीका अनुसार बहराइनको जुफैर क्षेत्रबाट धुवाँ निस्किएको देखिएको छ । यहाँ अमेरिकी नौसेनाको आधार शिविर रहेको छ।

यसअघि, बहराइनको गृह मन्त्रालयले आपत्कालीन चेतावनी जारी गर्दै नागरिकहरूलाई नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

बहराइनले त्यहाँस्थित अमेरिकी नौसेनाको पाँचौँ फ्लिटको मुख्यालयलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको पुष्टि गरेको छ ।

अल जजीराले कुवेतमा पनि विष्फोटको आवाज सुनिएको जनाएको छ ।

कतारले मोबाइल उपकरणहरूमार्फत् चेतावनी जारी गर्दै सबै नागरिकहरूलाई घरमा वा अन्यत्र जहाँ भए पनि सुरक्षित रहन र सैन्य आधार शिविरहरू बाट टाढा रहन र घरभित्रै बस्न आग्रह गरेको छ।

कतारमा अमेरिकाको अल उदेद एयर बेस रहेको छ । कतारको हवाइ क्षेत्रमा प्रवेश गरेको इरानी मिसाइललाई रोकिएको छ । कतारको रक्षा मन्त्रालयका अनुसार प्याट्रियट रक्षा प्रणालीले एक इरानी मिसाइललाई इन्टरसेप्ट गरेको छ ।

रोयटर्स समाचार एजेन्सीका अनुसार संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा ठूलो विष्फोट भएको खबर प्राप्त भएको छ ।

क्षेत्रीय तनाव चुलिएका बेला कतार, कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ३ : १९ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य