मुस्ताङका थकालीले आचारसंहिता पालना गर्दै तोरन्ल पर्व मनाउने « Khabarhub

मुस्ताङका थकालीले आचारसंहिता पालना गर्दै तोरन्ल पर्व मनाउने


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– आइतबारदेखि मुस्ताङमा सुरु हुने थकालीहरूको सांस्कृतिक तोरन्ल पर्व निर्वाचन आचारसंहिता उल्लङ्घन नहुने गरी मर्यादित ढङ्गले मनाउन सहमति भएको छ । 

जिल्ला सुरक्षा समितिको पहलमा स्थानीय सरोकारवालासँग भएको बैठकमा तोरन्ल पर्वलाई निर्वाचन कार्यक्रममा असर नपुग्ने गरी मनाउन सहमति गरिएको हो । 

मुस्ताङमा थकाली समुदायहरुले तीन दिनसम्म सदियाैँकालदेखि चल्दै आइरहेको तोरन्ल पर्व हर्षोल्लासका साथ मनाउने प्रचलन छ । मुस्ताङका पाँच स्थानीय तहमध्ये थकाली समुदायहरुको बसोबास रहेको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकामा बर्सेनि तोरन्ल पर्व मनाउने प्रचलन छ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्मुखमा थकालीहरूको महान् पर्व तोरन्ल चाडपर्व परेकाले यसलाई व्यवस्थित रुपमा मनाउन आग्रह गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिए । 

धर्म, संस्कृति, परम्परा र मौलिकता यस क्षेत्रको जातीय पहिचान भएको भए पनि सम्मुख आइरहेको निर्वाचन कार्यक्रमलाई असर पुग्ने हो कि भनेर आवश्यक सजगता अपनाइएको प्रजिअ शर्माको भनाइ छ ।

‘धर्म, संस्कृति र मौलिक चाडपर्व नमनाउनु भन्ने कुरा पनि भएन, तर चाडपर्वका नाममा निर्वाचन आचारसंहिता उल्लङ्घन नहोस् भन्ने हाम्रो मान्यता हो’, प्रजिअ शर्माले भने, ‘हामीले उनको सांस्कृतिक पर्वलाई सम्मान गर्दछौँ । पर्व मनाउने क्रममा निर्वाचन बिथोल्ने कुनै अराजक गतिविधि नहोस् भन्ने हाम्रो मान्यता हो ।’

थकालीहरुको तोरन्ल पर्वलाई मर्यादित रुपमा भव्य र सम्भ रुपमा अनौपचारिक ढङ्गले मनाउन थासाङ र घरपझोङ गाउँपालिका क्षेत्रका सरोकारवाला निकायहरुसँग भद्र सहमति भएको प्रजिअ शर्माले उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी शर्मासहित जिल्ला सुरक्षा समितिको टोलीले थासाङ र घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय गाउँ समाजसँग बैठक बसेर तोरन्ल पर्वलाई व्यवस्थित रुपमा मनाउन सहमति भएको हो । 

यसअघि निर्वाचनका कार्यक्रमलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित  शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिंता पालना गर्नेलगायत विषयमा जिल्लास्थित राजनीतिक दल र दलका प्रतिनिधिबीच सहमति भएको थियो । उक्त बैठकमा निर्वाचनको मिति अगावै तोरन्ल पर्व परेकाले त्यसलाई व्यवस्थित गर्नेलगायत विषयमा छलफल भइसकेको प्रजिअ शर्माको भनाइ छ ।

 वसन्त ऋतुको आगमनसँगै मनाइने थकाली समुदायहरुको महानपर्व तोरन्ल तीन दिनसम्म मनाइने गरिन्छ । यस पर्वलाई मुख्य रुपमा पितृ पुजा प्रतीकको रुपमा लिने गरिएको छ । आफ्ना दिवङ्गत पितृहरूको सम्झना गर्दै पितृहरुको आत्मशान्ति र उद्धारका लागि थकाली संस्कृति र परम्पराअनुसार धार्मिक क्रियाकलाप गरिन्छ ।

फागु पूर्णिमा तिथिको अघिल्लो दिन र पछिल्लो दिन गरी तीन दिनसम्म मनाइने तोरन्ल पर्वमा थकाली समुदायहरुले मध्यरातमा उठेर पितृको सम्झना गर्दै चोखो पानी र खानेकुरा चढाएर पूजाअर्चना गर्ने प्रचलन छ । थकाली तोरन्ल पर्वमा देश विदेशमा रहेका थकालीहरु पर्व मनाउन थातथलो फर्कन्छन् । तोरन्ल पर्वमा छोरी ज्वाइ, भान्जाभान्जीलगायत आफन्तलाई बोलाएर स्वागत सत्कारका साथ पर्व मनाउने प्रचलन छ । 

तोरन्ल पर्वमा पुरुषले धनुषवाण ९तारा० खेल र महिलाहरुले नाकाभोटे (कौडा) खेल खेलेर आपसमा रमाइलो गर्ने प्रचलन छ ।
 

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ३ : २२ बजे

जोर्डनले खसाल्यो दुई मिसाइल

काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि

निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण

राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्छौँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिभित्रको विकृति सफा गरेर

मतदातालाई राजेन्द्र लिङ्देनले भने– ८ वर्षअघिको अवस्था सम्झिनुस्, केही भएको छैन नभन्नुस् 

झापा– राप्रपा अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी