इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह « Khabarhub

इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायल र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था बिग्रिँदै गएपछि तेल अविवमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।

शनिबार एक सुरक्षा एडभाइजरी जारी गर्दै दूतावासले पछिल्लो समय विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको स्पष्ट पारेको छ । दूतावासले सबै नेपालीलाई स्थानीय ‘होम फ्रन्ट कमान्ड’ र सुरक्षा निकायका निर्देशनहरू अक्षरशः पालना गर्न, अनावश्यक रूपमा बाहिर ननिस्कन र सधैं सुरक्षित आश्रयस्थल (बङ्कर) को पहुँचमा रहन आग्रह गरेको छ ।

साथै, सूचनामा आधिकारिक समाचारहरूको मात्र विश्वास गर्न र आपत्कालीन अवस्थामा अन्य नेपालीहरूसँग सम्पर्कमा रहन समेत भनिएको छ। अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीपछि मध्यपूर्वभरि युद्धको प्रभाव देखिएकाले बिना अनुमति कतै पनि यात्रा नगर्न दूतावासले सचेत गराएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ३ : ५९ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ