इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह « Khabarhub

इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायल र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था बिग्रिँदै गएपछि तेल अविवमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।

शनिबार एक सुरक्षा एडभाइजरी जारी गर्दै दूतावासले पछिल्लो समय विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको स्पष्ट पारेको छ । दूतावासले सबै नेपालीलाई स्थानीय ‘होम फ्रन्ट कमान्ड’ र सुरक्षा निकायका निर्देशनहरू अक्षरशः पालना गर्न, अनावश्यक रूपमा बाहिर ननिस्कन र सधैं सुरक्षित आश्रयस्थल (बङ्कर) को पहुँचमा रहन आग्रह गरेको छ ।

साथै, सूचनामा आधिकारिक समाचारहरूको मात्र विश्वास गर्न र आपत्कालीन अवस्थामा अन्य नेपालीहरूसँग सम्पर्कमा रहन समेत भनिएको छ। अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीपछि मध्यपूर्वभरि युद्धको प्रभाव देखिएकाले बिना अनुमति कतै पनि यात्रा नगर्न दूतावासले सचेत गराएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ३ : ५९ बजे

अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन चीनको आग्रह

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम– इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत

भोटेकोशी विपद्‍पछि राष्ट्रसंघ जान प्रधानमन्त्रीलाई दबाब, सरकारका प्रवक्ता भन्छन् : नेपालको आवाज पुर्‍याए भयो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको ८१ औँ महासभामा जाने कुरामा अझै

वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने

दोलखा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत,

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’