घण्टी चिन्ह लिएर आएको रास्वपा अब नयाँ शक्ति रहेन : अध्यक्ष साम्पाङ « Khabarhub

घण्टी चिन्ह लिएर आएको रास्वपा अब नयाँ शक्ति रहेन : अध्यक्ष साम्पाङ


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले पुराना राजनीतिक दलहरूले देशका लागि अपेक्षित काम गर्न नसकेपछि आफूहरू चुनावी मैदानमा उत्रिन बाध्य भएको बताएका छन्।

शनिबार ललितपुरको जावलाखेलमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले पटक पटक जनताले जिताएर पठाउँदा पनि ठूला दलहरूले जनअपेक्षा अनुसार काम नगरेको आरोप लगाए। उनले जनआन्दोलनपछि देश संकटमा पर्दा आफूलाई ठूला भन्ने दलका नेताहरू जिम्मेवारीबाट पन्छिएको दाबी गरे।

साम्पाङले घण्टी चिन्ह लिएर आएको राष्ट्रिय स्वतन्त्र पार्टी अब नयाँ शक्ति नरहेको टिप्पणी गरे। उनका अनुसार उक्त पार्टीका सभापति रवि लामिछाने दुई पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेकाले आफूलाई नयाँ दल भन्न नमिल्ने अवस्था रहेको छ।

उनले लामिछाने गृहमन्त्री रहँदा सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लगाउँदै त्यसको दोष केवल जीबी राईमाथि थोपर्ने प्रयास गरिएको दाबी गरे।

साम्पाङले देश निर्माणको जिम्मेवारी युवाहरूको काँधमा रहेको उल्लेख गर्दै उनीहरूलाई उत्पादन र विकासको मुख्य शक्ति बनाउने योजना पार्टीसँग रहेको बताए।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ४ : २८ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक